१७ वैशाख काठमाडौँ । गोरखाकोबारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा ९एसइई० सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गर्न एक सूचनाजारी गरेको छ । यस गाउँपालिकाले विद्यर्थीका लागि दुई महिने आधारभूत कम्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गर्न निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, तही नपाएको भएर नैएसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यसाथ तालिम सञ्चालन गर्न लागिएको गाउँपालिका प्रवक्कता जित बहादुर नेपालीले बताउनु भयो ।गाउँपालिकाले यस तालिममा सहभागि हुन सूचना प्रकाशीत गरेको मिति देखि ५ दिन भित्रमा यसै गाउँपालिकाको इमेलमा (barpaksulikotrm@gmail.com) ठेगानामा आवेदन दिन अनुरोध गरेका छन् ।

गाउँपालिका भित्र ९ वटा माध्यामिक विद्यालय रहे पनि तिन वटा विद्यालय नजिकै पर्ने भएको ले गाउँपालिका भित्र ६ वटा माध्यामिक विद्यालयमा सञ्चालन हुने भएको छ ।
जसमा श्री सुर्यज्योती माध्यमिक विद्यालय ताकुकोट,श्रीमाझाथर माध्यामिक विद्यालय स्वारा,श्री हिमालय माध्यामिक विद्यालय सौरपानी, श्री हिमालय माध्यामिक विद्यालय बारपाक, श्री शैलपुत्री माध्यामिक विद्यालय पाँचखुवा देउराली,श्री दुर्गा माध्यामिक विद्यालय रन्चोक मा सञ्चालन हुने भएको हो । ताकुकोट हकमा तीन वटा विद्यालयबाट एसइई विद्यार्थीहरुले भने सुर्यज्योती माध्यमिक विद्यालय ताकुकोट सहभागि हुनु पर्ने छ ।