Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली फुटबल टोली भिसा प्रक्रिया ढिलो हुदा बेलायत उड्न पाएनन्,अहिले सम्म होटेलमै 

नेपाली फुटबल टोली भिसा प्रक्रिया ढिलो हुदा बेलायत उड्न पाएनन्,अहिले सम्म होटेलमै 

जोईन खबर

१८, बैशाख २०८१
  • 691
    SHARES
  • नेपाली फुटबल टोली भिसा प्रक्रिया ढिलो हुदा बेलायत उड्न पाएनन्,अहिले सम्म होटेलमै 

    १८ वैशाख काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली भिसा ढिलो हुदा  बेलायत भ्रमणका लागि उड्न पाएको छैन ।अखिल नेपाल फुटबल संघ ९एन्फा० ले   बेलायत भ्रमणका लागि सोमबार  भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ ।

    images

    भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक(फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो । तर भिसा नआएका कारण मंगलबार विहान जाने समूह नै उड्न पाएको छैन ।एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो ।

    images
    images
    images

    उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेका थिए । राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्णरूपमा समर्थन गर्ने कुरा व्यक्त गरेका थिए ।

    खेलको लागि नेपाली टोलीहरु गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,डिफेन्डरमा  विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई ९सन्जित०, योगेश गुरुङ ,मिडफिल्डरमा फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी,फरवार्डमा अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङमा समेत रहेका छन् । 

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - ११:१८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको