१८ वैशाख काठमाडौँ । इलाम २ मा अहिले भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएर चुनाब लडेका मिलन लिम्बुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्न भएको छ ।
उही शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने जादा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्न भनेको हो ।
‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ । यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ ।
उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिए । स्पष्टीकरण सोध्न पछि कारबाहीको माग हुने छ ।