१८ वैशाख काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा न १२ ठूलीचौर स्थित ठुलीचौर जंगलमा गाईको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल इलाका प्रहरी टोली यही मिति २०८१—०१—१७ गतेको दिन साझापख तिर गाईको हत्या गरि बोरामा मासु लिई नमोबुद्ध नगरपालिका वडा न ११ तर्फ जाँदै गरेको भन्ने सूचना प्राप्तको आधरमा मासु बोरामा पोको पारी लिई हिडिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरिएको काभ्रेपलाञ्चोकका प्रहरीले जानकारी दिए ।
प्रहरीले बोरामा मासु बोकेका ३ जनालाई पक्राउ गरि घटना स्थलमा जाँदा छाला खुट्टाहरु समेत फेला परे पछि उनीहरुलाई थप अनुसन्धान लागि धुलिखेल प्रहरी चौकी लागिएको हो ।
उक्त घटनामा प्रकाउ पर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ११ का बिमिरे बस्ने ५६ बर्षीय ईन्द्र बहादुर तामाङ ,काभ्रेपलाञ्चोक चिन्डे बस्ने ३५ बर्षीय शान्ता लामा, झापा जिल्ला घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक डांडा कटेरी माईती घर बस्ने ३६ बर्षीय ठुली माया तामाङ
रहेका छन् । गाईको हत्या गर्ने तीनै जनाको थप अनुसन्धान भई रहेको प्रहरीले बताए