Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज १३५ औ  अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा विभिन्न कार्यक्रम गरिने

आज १३५ औ  अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा विभिन्न कार्यक्रम गरिने

जोईन खबर

१९, बैशाख २०८१
  • 715
    SHARES
  • आज १३५ औ  अन्तर्राष्ट्रिय श्रमिक दिवस  अवसरमा विभिन्न कार्यक्रम गरिने

    १९ वैशाख काठमाडौँ । आज १३५ औ  अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि विभिन्न कार्यक्रम गरि .मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।  सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।

    images

    मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै छन् । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

    images
    images
    images

    मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए । रासस

    प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ०७:५१:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको