Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट स्वास्थ्य शाखाको आयोजनामा भएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि गोरखा अस्पताललाई

आरुघाट स्वास्थ्य शाखाको आयोजनामा भएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि गोरखा अस्पताललाई

जोईन खबर

२०, बैशाख २०८१
  • 778
    SHARES
  • आरुघाट स्वास्थ्य शाखाको आयोजनामा भएको अन्तरपालिका स्तरीय   फुटबल  प्रतियोगिताको उपाधि गोरखा अस्पताललाई

    २० वैशाख काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अन्तरपालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल  प्रतियोगिताको उपाधि गोरखा अस्पतालले हात पारेको छ । गोरखा जिल्लामा  भएको प्रथम अन्तरपालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हिजो सम्पन्न भएको हो  ।

    images

    १३५ औ  अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ दिवसको अवसरमा  आरुघाट स्वास्थ्य शाखाको आयोजनामा  प्रतियोगिताको  उपाधि गोरखा अस्पतालले जितेको छ । गोरखा जिल्ला भरका पालिकाको स्वास्थ्य शाखाको सहभागिता हुने भने प्रतियोगिता पालुङटार नगरपालिका बाहेक १० पालिका र गोरखा अस्पतालको एक टिम गरी जम्मा ११ टिमको सहभागिता रहेको थियो । 

    images
    images
    images

    उक्त प्रतियोगिताको आयोजनमा आरुघाट स्वास्थ्य शाखाको टिमलाई पराजित गर्दै गोरखा अस्पताल  प्रथम भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र र द्वितिय हुने टिमले मेडल र प्रमाण पत्र पाएका थिए ।

    प्रतियोगितामा स्वास्थ्यतर्फको कर्मचारीहरुको खेल भएकाले स्वास्थ्य क्षेत्र अन्तरगत गोरखा अस्पताल एक मात्र सरकारी अस्पताल भएकाले सहभागिता भएको र स्वास्थ्यकर्मी बीच मित्रता बढाउन साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा एकता कायम गर्न प्रतियोगिता गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिए । 

    यस प्रतियोगिता तथा कार्यक्रमको समापन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । यसैक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख ऐनप्रसाद शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ लगायत विभिन्न व्यक्तीहरूको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - ११:००:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको