Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गैरीखर्कमा आगालागी हुदाँ श्रीमान र श्रीमतीको घटनास्थलमै मृत्यु 

गैरीखर्कमा आगालागी हुदाँ श्रीमान र श्रीमतीको घटनास्थलमै मृत्यु 

जोईन खबर

२०, बैशाख २०८१
  • 718
    SHARES
  • गैरीखर्कमा आगालागी हुदाँ श्रीमान र श्रीमतीको घटनास्थलमै मृत्यु 

    २० वैशाख काठमाडौा । धादिङकोृ गैरीखर्कमा आगलागीमा परी दुई जना वृद्वको मृत्यु भएको छ । उक्त आगालागी धादिङको थाक्रे गाउँपालिका —५, गैरीखर्कमा आगलागी हुदाँ बुधबार राति आगोमा जलेर घरभित्रै रहेका  ७० वर्षीय श्रीमान तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले कताए ।

    images

    गएराति साढे ११ बजे आगलागी भएको  खबर प्रहरीले थाहा पाए पछि नजिकको अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जनाकारी दिए । आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ ।

    images
    images
    images

    धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - ११:४३:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको