२० वैशाख काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो जितको लागि २१० को विशाल लक्ष्य दिएको छ । जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ८४ रन,ओपनर जोनसन चार्ल्सले ५८ रन, फेबियन एलेनले ३३ रन , एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए ।ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । १४ औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए ।
कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराएका थिए । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो ।तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ टोली ७६ रनले विजयी भएको थियो । नेपाली टोली आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी रहेका छन् ।