Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवस भव्य रूपमा मनाउदै

आज नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवस भव्य रूपमा मनाउदै

जोईन खबर

२१, बैशाख २०८१
  • 709
    SHARES
  • आज  नेपाल लोकतान्त्रिक खेलकुद संघको  १० औं स्थापना दिवस भव्य रूपमा मनाउदै

    २१ वैशाख काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस आज  भव्यरुपमा मनाउँदै छ । २०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा काठमाडौंको चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा हुने कार्यक्रममा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ तथा सुभेच्छुक संस्थाको नेतृत्व तहमा रहेकाहरुको पनि उपस्थिति रहने छ ।

    images
    images
    images

    स्थापना दिवसका अवसरमा बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले जानकारी दिए । गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ ।  २०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

    आज देखि नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा १९ गते सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता भव्य र सभ्य रूपमा सफल पार्न सङ्घका केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका साथै आ–आफ्नो तर्फबाट यथाशक्य सहयोग पनि निर्णय गरिएको छ । 

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १०:२७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको