Logo

बिहिवार, कार्तिक १३ गते २०८३

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाइँदै

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाइँदै

जोईन खबर

२१, बैशाख २०८१
  • 625
    SHARES
  • ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    २१ वैशाख काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा राजधानीमा आज विभिन्न कार्यक्रम गरी मनाउने भएको छन् ।  वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।

    images

    स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १०:५४:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको