२१ वैशाख काठमाडौँ । जापान पठाइदिने भन्दै करडौं ठगी गर्ने २ ब्यक्ती पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भएका हाल काठमाडौँको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे रहेका प्रहरीले बताए ।
उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरीले जनाएको छ ।