Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स मेयर कपकाे स्वर्ण सन्जिवलाई

चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स मेयर कपकाे स्वर्ण सन्जिवलाई

जोईन खबर

२३, बैशाख २०८१
  • 694
    SHARES
  • चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स  मेयर कपकाे स्वर्ण सन्जिवलाई

    २३ वैशाख काठमाडाैँ ।नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कप प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।टोखा नगरपालिकाको मुख्य प्रायोजनमा नेपाल जित कुन्डो मार्सल आर्ट्सप संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०.५ देखि ६२ केजीको फाइनलमा सन्जिवले नागकै सुनिल कठायतलाई पराजित गरे ।

    images

    टोखामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनिको फाइनलमा धनगढीका निकेश कठायतले नागका साहिल तामाङलाई हराउदै पहिलो भए ।म्हिला ५०.५ केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवारले स्वर्ण जितिन् । उर्मिलाले फाइनलमा आफ्नै जिल्लाकी  जमुना दनुवारलाई पाखा लगाइन् । महिला ५० केजीमुनि निलम कोइराला शीर्ष स्थानमा रहिन् । निलमले फाइनलमा सुष्मिता राई दनुवारलाई पन्छाइन् ।

    images
    images
    images

    प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव शिव थापाले जनाएका      छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्पेनका अन्तर्राष्ट्रिय निर्णायक ज्याक्विन मार्सेलो, पोल्यान्डका मिचल चाप्लालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १२:२३:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको