Logo

बिहिवार, कार्तिक १३ गते २०८३

३० वर्षीय पुरुषले सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ 

३० वर्षीय पुरुषले सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ 

जोईन खबर

२३, बैशाख २०८१
  • 598
    SHARES
  • ३० वर्षीय पुरुषले सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ 

    २३ वैशाख काठमाडौँ । भोजपुरमा ३० वर्षीय पुरुषले सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । 

    images

    बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई हिजो शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी चौकी कुदाकाउलेले जनाएको छ ।

    घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १५:२७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको