Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा हेटौंडा र माडीको विजयी सुरुआत

प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा हेटौंडा र माडीको विजयी सुरुआत

जोईन खबर

२३, बैशाख २०८१
  • 727
    SHARES
  • प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा हेटौंडा र माडीको विजयी सुरुआत

    २३ वैशाख काठमाडौँ । हेटौडा उपमहानगर पालिका माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा  हेटौंडा र माडीको विजयी सुरुआत  गरेका छन् ।शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको प्रतियोगितामा हेटौडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०,१९–२५,१५–७ ले हराएको हो । अर्को खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५–२१,२२–२५,१६–१४ ले हरायो ।कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर चापाँगाउ देखि लेले टिका भैरव हुँदै महांकाल गाउँपालिका जाने सडकको स्तर उन्नतिको लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images

    सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महाकांल गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणाका लागि प्रदेश सरकारसँग समन्वय गरेर पहल सुरु गरिने पनि बताए ।उद्घाटन समारोहमा बोल्दै आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलले प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्नुको साथै महांकांल क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । संयोजक गोलले राज्यले चासो दिए सो क्षेत्रमा कृषि क्षेत्रमा समेत महत्त्वपूर्ण फड्को मार्न सक्ने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ वैशाखसम्म हुने छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

    प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाँल माविको प्राङ्गणमा जारी छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १५:३६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको