Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

जोईन खबर

२३, बैशाख २०८१
  • 811
    SHARES
  • प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

    २३ वैशाख काठमाडौँ । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।नयाँ मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक गरिएको हो ।

    images

    स्थगित  मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

    images
    images
    images

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ नेकपा एमालेसँग २२, नेकपा माओवादी केन्द्रसँग ७ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत गरी उनको पक्षमा ३० प्रदेशसभा सदस्य देखिएका छन् ।२७ सदस्य रहेको नेपाली कांग्रेस विपक्षमा छ भने २ सिट रहेको राप्रपा तटस्थ छ ।

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १६:४५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको