Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

जोईन खबर

२३, बैशाख २०८१
  • 802
    SHARES
  • कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको  यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    २३ वैशाख काठमाडौँ । कीर्तिपुर-रत्नपार्क सडक खण्डमा चल्ने एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

    images

    आज दिउँसोको समयमा कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परेको हो।

    images
    images
    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते रहेको जानकारी दिए।

    मृतकको नाम ठेगाना भने खुलिनसकेको उनले जनाए। बसमा कति जना सवार थिए भन्ने यकिन तथ्याङ्क समेत आइनसकेको उनको भनाइ छ।

    दुर्घटनामा घाइते भएकोहरुको अस्पतालमा उपचार भइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ । 

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १९:३३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको