२३ वैशाख काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामुख कृष्णप्रसाद धितालसहितको विश्वासको मत पाएका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत पाएका हुन् । प्रदेश सभामा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत आएको थियो ।
अधिकारीले राखेको विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदकाे मत परेको छ । त्यसैगरी राप्रपाका दुई जना जना तटस्थ बसेका छन् । मतदानमा ५९ जना सांसद सहभागी थिए । एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ । सभामुखले मत दिने भनेपछि कांग्रेसले नाराबाजी गरेको थियो ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आइतबारर विश्वासको मत लिएका हुन् ।