Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक पोखरामा सम्पन

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक पोखरामा सम्पन

जोईन खबर

२३, बैशाख २०८१
  • 1.0K
    SHARES
  • लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक  पोखरामा सम्पन

    २३ वैशाख काठमाडौँ । लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक सुसम्पन भएको छ । लायन्स बर्ष २०२३/२४ को दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक पोखरा स्थित पोखरा शान्तिनगर पार्टि प्यालेसमा जिल्ला अध्यक्ष लियो सन्तोष ढकालको सभापतित्व र नेपाल सरकार राष्टिय युवा परिषद् का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत ज्युको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा लियो क्लब चियरपर्शन लायन डा प्रेम बहादुर थापा, निबर्तमान अध्यक्ष लियो योगेश गौतम पुर्ब अध्यक्ष एबम जिल्ला सल्लाहकार लियो प्रकाश थापा क्षेत्री लगायतका लायन्स लियो नेतृत्व हरुको बिसेश उपस्थिति रहेको थियो ।

    images

    s5.jpeg

    images
    images
    images

                       नेपाल सरकार राष्टिय युवा परिषद् का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत ज्यु

                                  तस्विर : लियो सन्तोष ढकाल 

    बैठकमा जिल्ला अध्यक्ष ले बिभिन्न एजेन्डा उपज लियो जिल्ला परिषद ३२५ एल नेपाललाई अगाडि बढाउनु भएको थियो १० महिना अबधिमा एल जिल्लाले गरेको बिभिन्न सामाजिक कार्यहरुको जानाकारि क्षेत्रीय सम्योजक हरुले आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो भने प्रमुख क्षेत्रीय सम्योजक लियो सम्राट जग ऐडि जग ले लायन बर्ष २०२३/२४ मा रिजन कोडिनेटर हरुले सम्पुर्ण कलब हरु लाई एक्टिभ रुपमा अगाडि बढाएर नेपालको उत्कृष्ट जिल्ला बनाउने दाबि समेत गर्नु भएको थियो ।

    s4.jpeg

    राष्टिय युवा परिषद् का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र लियो जिल्ला परिषद ३२५ एलका अध्यक्ष                    लियो सन्तोष ढकाल

                                          तस्विर : लियो सन्तोष ढकाल  

    लियो कलब अफ पोखरा मुनाल र लियो क्लब अफ पोखरा चौतारी बिन्दबासिनि क्लबको आयोजनामा मा भएको कार्यक्रममा करिब २०० जना उपस्थित रहेको कुरा कार्यक्रम सम्योजक लियो सम्राट जग एडि ले जानाकारी दिनु भएको छ लियो जिल्ला परिषद् ३२५ एल नेपालले लायन्स बर्ष २०२३/२४ मा बिभिन्न सामजिक कार्य एबम युवा नेतृत्व बिकासमा अत्यन्तै ठुलो योगदान पुर्याएको दाबि जिल्ला अध्यक्ष सन्तोष ढकालले गर्नु भएको छ ।

    s3.jpeg

                               लियो जिल्ला परिषद ३२५ एलका अध्यक्ष  लियो सन्तोष ढकाल

    उक्त दोश्रो जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्ष मा लियो अभय थापा र जिल्ला उपाध्यक्ष मा लियो शुलभ थकालि शत प्रतिसत मत प्राप्त गरि निर्बाचित भएका छन भने जिल्ला सचिबमा लियो सम्राट जग एडि एबम जिल्ला कोषाध्यक्ष मा लियो कुशल लम्साल मनोनित भएको कुरा जिल्ला सचिब लियो सुनिल मिश्रले प्रश्ट पार्नु भएको छ

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - २१:५१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको