२४ वैशाख काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट आइतबार चोरीको मोटरसाइकलको नम्बर परिर्वतन गरि चलाइरहेको अवस्थामा एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।उसले चोरी गरेको मोटरसाइकलको नम्बर परिर्वतन गरि बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई ट्राफिक प्रहरीले फेला पारेको हो ।
नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।