Logo

बिहिवार, कार्तिक १३ गते २०८३

होटलमा ३१ वर्षीया भण्डारी झुण्डिएको अवस्थामा मृत्त फेला

होटलमा ३१ वर्षीया भण्डारी झुण्डिएको अवस्थामा मृत्त फेला

जोईन खबर

२४, बैशाख २०८१
  • 805
    SHARES
  • होटलमा ३१ वर्षीया भण्डारी झुण्डिएको अवस्थामा मृत्त फेला

    २४ वैशाख काठमाडौँ । काठमाडौँको गोंगबुमा एक महिलाको  शव फेला परेको छ । मृत्तक महिला मोरङको लेटाङ नगरपालिका वडा न २ घर भइ हाल काठमाडौँ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

    images

    शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको रचिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका  जिल्ला प्रहरी परिसर, काठमाडौंकाले बताए ।

    images
    images
    images

    प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका वडा न १५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो ।

    भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोत बताउँछ । घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - १३:१९:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको