२४ वेशाख काठमाडौँ । काठमाडौँ पोखरा र धरानमा आजदेखि औपचारिक रूपमा एप इनड्राइभ सेवा सुरू भएको छ । ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता गरेर सेवा सुचारु गरेको हो ।
यस कम्पनीलेअबदेखि चालकबाट कमिसन लिन थालेको छ । यस अघि सञ्चालन भएको एपमा चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने भएको हो ।
अब यस कम्पनीले छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।दर्ता विनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।
हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।