Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आगलागी हुदाँ घाइते भएका ५ जना मध्ये दुई जनाको मृत्यु,अरु दुई जना आईसीयूमा र एक जनाको अवस्था सामान्य

 आगलागी हुदाँ घाइते भएका ५ जना मध्ये दुई जनाको मृत्यु,अरु दुई जना आईसीयूमा र एक जनाको अवस्था सामान्य

जोईन खबर

२४, बैशाख २०८१
  • 694
    SHARES
  •  आगलागी हुदाँ घाइते भएका ५ जना मध्ये दुई जनाको मृत्यु,अरु दुई जना आईसीयूमा र एक जनाको अवस्था सामान्य

    २४ वैशाख काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका चार जना मध्ये दुई जनाको मृत्यु भएको छ ।

    images

    आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । घटनामा ३५ वर्षका सञ्जय गिरी र  पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ ।

    images
    images
    images

    सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको अस्पतालले जनाएकको छ ।

    आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - २२:३४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको