Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने, केही स्थानमा  मेघगर्जन,रचट्याङ्ग,हावाहुरी सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने, केही स्थानमा  मेघगर्जन,रचट्याङ्ग,हावाहुरी सम्भावना

जोईन खबर

२५, बैशाख २०८१
  • 631
    SHARES
  • आज देशभर हल्कादेखि मध्यम वर्षा हुने, केही स्थानमा  मेघगर्जन,रचट्याङ्ग,हावाहुरी सम्भावना

    २५ वैशाख काठमाडौँ ।  आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ ।

    images

    त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । आज बिहान बागमती र कोशी प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।

    images
    images
    images

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन् । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।गएराति काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको थियो ।

     

     

    प्रकाशित मिति :बैशाख २५, २०८१ मंगलवार - १०:०५:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको