२५ वैशाख काठमाडौँ । रसुवाको जिल्ला नेकपा एमालेको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।सोमबार भएको नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए । अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।