२५ वैशाख काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको एक लाख ३६ हजार ४०० रुपैयाँमा र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुन को मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोवार भएको छ । हिजो सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तैगरी, चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।