Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दिए  

नेपाली कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दिए  

जोईन खबर

२५, बैशाख २०८१
  • 685
    SHARES
  • नेपाली कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दिए  


    २५ वैशाख काठमाडौँ । विपक्ष दल नेपाली कांग्रेसले  गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले लिएको ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।

    images

    गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

    images
    images
    images

    उनले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न  माग गरेका छन् ।

    प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । 

    प्रकाशित मिति :बैशाख २५, २०८१ मंगलवार - १३:०९:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको