२६ वैशाख काठमार्डाँ । आज देशभर मातातीर्थ पर्व मनाइदै छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा न ६ स्थित कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ ।
आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ ।आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ ।