२६ वैशाख काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकामा हावाहुरीले २१ वटा घरमा क्षति पु¥याएको छ । गउको सोमबार साझ परेको पानी र हावाहुरीले शहिद लखन गाउँपालिका वडा नं ८ छापथोक र मैलुङमा १९ वटा घरको छाना उँडाएको प्रहरीले जनाएको छ ।
वडा नंं ६ भाङ्बारीमा दुई वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।डिएसपी श्रेष्ठका अनुसार भिमसेन थाापा गाउँपालिका वडा नं ८ बोर्लाङमा रहेको सरस्वती माविमा पनि हावाहुरीले आंशिक क्षति पुगेको छ ।
सोमबार साँझ ९ बजेको समयमा चट्याङले हानेर पालुङटार नगरपालिकामा एक जना घाइते भएका थिए ।