२६ वैशाख काठमाडौँ । आज बुधबार सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।
अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
आज चाँदी तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।