Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहिद लखनमा चारकोठे पक्की भवनको  विद्यालय निर्माण

सहिद लखनमा चारकोठे पक्की भवनको  विद्यालय निर्माण

जोईन खबर

२६, बैशाख २०८१
  • 742
    SHARES
  • सहिद लखनमा चारकोठे पक्की भवनको  विद्यालय  निर्माण

    २६ वैशाख काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका बुङ्कोटमा  नयाँ  चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । सहिद लखन वडा न ८  बुङ्कोटको श्री रामेश्वरी माध्यामिक विद्यालयमा  जापान सरकार तथा परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा  २ करोड ८९ लाख रुपैयाको लागतमा विद्यालय भवन  निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिनुभयो ।

    images

    ‘‘नवनिर्मित बालमैत्री भवनसंगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रम्तेलले बताउनु भयो । विद्यालयको भवनको सुरक्षाका लागि घेराबार समेत लगाइएको छ ।’’ विसं २०८० असारमा शिलन्यास गरिएको भवन गएको चैत महिनामा नै निर्माण सम्पन्न भएको हो ।

    images
    images
    images

    एकिकरण नेपाल गोरखा नामक गैह्रसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाई वातावरण सुधार परियोजना अन्र्तगत भवन निर्माण गरिएको हो । निर्माण सम्पन्न भवन संस्थाले विद्यालयलाई हस्तान्तरण गरिसकेको अध्यक्ष रम्तेलले बताउनुभयो । 

    प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - १४:४६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको