२७ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ दिने ‘धार्चे चित्रकला कार्यशाला’ हिजो सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका, गोरखाको आयोजनामा यही आइतबार वैशाख २२ गते देखि सुरु भइ वैशाख २६ गते सम्म सञ्चालन भएर ‘धार्चे चित्रकला कार्यशाला’ कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले गर्नु भएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव राज गोर्खालीले बताउनु भयो ।
कार्यक्रम उद्घाटन दिन कलाकारहरूलाई पालिकामा स्वागत गर्दै तस्विर : राज गोर्खाली
यस ‘धार्चे चित्रकला कार्यशाला’कार्यक्रममा सुन्दर संरक्षित, समृद्ध धार्चे’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यशालामा २० भन्दा बढी कलाकारले सहभागिता रहेको राज गोर्खालीले बताउनु भयो ।

चित्रकलाहरू तस्विर : राज गोर्खाली
चित्रकला कार्यशाला क्षेत्रमा समाज, जीवनशैली, कला, संस्कृति तथा भूगोललाई पर्या–पर्यटनसँग जोड्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ज्यू तस्विर : राज गोर्खाली
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले कलाकारहरूलाई पालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल ललिकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागका प्रमुख प्रदीप अधिकारीले धार्चे गाउँपालिकाले संस्कृति र कलाको महत्त्व बुझेर चित्रकला कार्यशाला गर्न तदारुकता देखाएकोमा आभार व्यक्त गर्दै भौतिक विकास सँगसँगै मौलिक लोककला, संस्कृति, परम्पराको पनि संरक्षण गर्न उत्तिकै जरुरी रहेको बताउनुभयो ।

धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार ज्यू तस्विर : राज गोर्खाली
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा सहभागी कलाकार केशव राज खनालले पालिकाको पर्यापर्यटन, मौलिक सम्पदा, जीवनशैलीलाई कलाकारले आफ्ना सिर्जनामा उतार्ने बताउनुभयो ।उहाँले पालिकाअन्तर्गतका विद्यालयहरूमा समेत कलासम्बन्धी विशेष प्रशिक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
कलाकारहरु चित्र कोरदै तस्विर : राज गोर्खाली
धार्चे चित्रकला कार्यशालामा जसमा प्राज्ञ प्रदिप अधिकारी, मन गुरुङ, केशव राज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, दिपेन्द्रमान बनेपाली, डिबी राई, लीलाधर केसी, बि।के। नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिंचं कोइंच्, ९दुर्गा सुनुवार०, कोपिला राई, विकास गुरुङलगायतका कलाकारहरुले सहभागिता रहेको थिए ।
कलाकारहरु चित्र कोरदै तस्विर : राज गोर्खाली
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकारले आफ्ना कलाकृतिमार्फत देशको मौलिकताको संरक्षण, प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भयो । यस ‘धार्चे चित्रकला कार्यशाला’मा भएको वैशाख २२ गते देखि २६ गते सम्म चलेको कार्यशाला कार्यक्मका कलाकारहरुलाई गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको हातबाट दोसला र प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ ज्यू प्रशंसा प्रमाणपत्र वितरण तस्विर : राज गोर्खाली

गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ ज्यू प्रशंसा प्रमाणपत्र वितरण तस्विर : राज गोर्खाली