Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्यमन्त्रीमा कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट 

मुख्यमन्त्रीमा कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट 

जोईन खबर

२७, बैशाख २०८१
  • 808
    SHARES
  • मुख्यमन्त्रीमा कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट 

    २७ वैशाख काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

    images

    साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।

    images
    images
    images

    प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ ९५० अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १६:०९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको