२८ वैशाख काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हिजो ६८ औं मनास्लु हिमाल आरोहण दिवसको अवसरमा मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकलाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखा र धार्चे मनास्लु पर्यटन विकास समितिको सहआयोजनामा मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकलाई सम्मानलगायतका बिभिन्न कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमका आयोजकले मनास्लु हिमाल आरोहण दिवसको अवसरमा मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकलाई खाँदा र मालाले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । ‘‘आजै मनास्लु क्षेत्र घुम्न पुगेका ३५ जना विदेशी पर्यटकलाई मनास्लु हिमाल आरोहण दिवसका वारेमा जानकारी गराउँदै स्वागत र सम्मान गरिएको हो, उहाँले भन्नुभयो, ‘‘सम्मानित हुन पाउदा पर्यटकहरु समेत निक्कै खुशी भएका छन् ।

गाउँपालिकाको आयोजनामा पहिलोपटक यसबर्ष मनास्लु हिमाल आरोहण दिवस अवसरमा सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ ईमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेको दिनको अवसरमा पारेर दिवस मनाइएको हो ।

यसै कार्यक्रमलाई सबोधन गर्दै मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप० गोरखाका प्रमुख सन्तोष शेरचनका अनुसार पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा मनास्लु हिमाल आरोहण दिवसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको बताउनु भयो ।