२८ वैशाख काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका कुरिन्टारमा यात्रुवाहक बस ठोकिएर १३ जना घाईते भएका छन् ।
काठमाडौँबाट बुटवलतर्फ जादै गरेको लु २ ख ४१९९ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ आउदै गरेको ना ६ ख ३५६७ नम्बरको बस एकापसमा ठोक्किदा काठमाडौँबाट बुटवलतर्फ जादै गरेको लु २ ख ४१९९ नम्बरको बसमा सवार गर्ने १३ जना घाइते भएका छन् ।
घटनाको अनुसन्धान भइ रहेको छ । थप विवरण आउन बाकी छ ।