३० वैशाख काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा श्रीमान र श्रीमती मृत्त अवस्थामा फेला परेका छन् । मृत्त अवस्थामा फेला परेका उनीहरु अन्दाजी ३४ बर्षीय मनोज बुढा र श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक नवीन कार्कीले बताए ।
उक्त घटना आइतबार श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक कार्कीले जनाकारी दिए । घटनाको खबर प्रहरीलाई जानकारी भए पछि घटनास्थलमा प्रहरी पुग्दा श्रीमान मनोज झुण्डिएको अवस्थामा र श्रीमातीको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको प्रहरी कार्कीको भनाइ छ ।
घटना पछि प्रहरीले स्थानिय संग सोधबुझ गर्ने क्रममा मृत्तक मनोज बुढाको मानसिक अवस्था बिग्रिरिएको बताए । घटनाको विषयमा थप विवरण भने आउन बाँकी रहेको प्रहरी प्रमुख कार्कीले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक नवीन कार्कीको टोलीले गरि रहेको छ ।