Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा दरबारमा एक दुई दिनदेखि विषालु सेतो पुतलीको बिगबिगि बढेयो,मन्दिरमा आउने भक्तजनहरुमा आँखामा हुने गम्भीर  संक्रमणको डर 

गोरखा दरबारमा एक दुई दिनदेखि विषालु सेतो पुतलीको बिगबिगि बढेयो,मन्दिरमा आउने भक्तजनहरुमा आँखामा हुने गम्भीर  संक्रमणको डर 

जोईन खबर

३०, बैशाख २०८१
  • 739
    SHARES
  • गोरखा दरबारमा एक दुई दिनदेखि विषालु सेतो पुतलीको बिगबिगि बढेयो,मन्दिरमा आउने भक्तजनहरुमा आँखामा हुने गम्भीर  संक्रमणको डर 

    ३० वैशाख काठमाडौँ । गोरखा जिल्लाको प्रसिद्व मन्दिर गोरखा दरबार तथा गोरखाकालीका  मन्दिरमा सेतो पुतली अत्याधिक बिगबिगि बढेको छ ।  उक्त पुतालीले गर्दा मन्दिरमा दर्शन गर्न आउने  भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण त्रास बढने गरेको छ। यस  मन्दिरमा जताततै विषालु सेतो पुतली उडेको देखेर भक्तजनहरू डराउने गरेको गोरखा दरबार हेरचाह  प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

    images

    गोरखा दरबार हेरचाह  प्रमुख विष्णुप्रसाद पाठकका अनुसार  यसलाई यहाँबाट हटाउने उपाय केही थाहा नभएर  हामीले सेतोपुतलीबाट मुक्ति पाउन सामाजिक सञ्जाल फेस्बुकबाट पनि लेखेर राय सुझाव माग्दा कोही कसैबाट यसको उपाय  पाउन सकेका छैनौ ।,सेतोपुतलीले अत्याएर भक्तजनहरू नआउलान् भन्नेसम्मको चिन्ता भएको मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईको भनाइ छ। ‘सेतोपुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्छ भन्ने सबैलाई थाहा छ। यस्तो खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ  ।

    images
    images
    images

    यो समस्या चाँडोभन्दा चाँडो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ।सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स ९शापु० नामको आँखाको संक्रमण गराउँछ। यसले आँखाको ज्योतीसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ।दुई(दुई वर्षमा देखिने भने पनि गत वर्ष व्यापक देखिएको यो पुतली यस वर्ष पनि देखिएको हो। 

    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - ११:२९:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको