३० वैशाख काठमाडौँ । जिल्ला चितवनको एक बोर्डिङ स्कुलको बसमा आगजनी भएको छ ।आगजनी भरतपुर महानगरपालिका २० दद्रेनीमा विद्यार्थी लिन जाने क्रममा कल्याणपुरमा रहेको स्मल हेभनको बसमा आजगनी भएको हो ।
प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१ क००४५ नम्बरको बसमा बिहान सवा आठ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले बताए ।महानगरपालिकाको दमकलले आगो निभाए पनि बस पूर्ण रुपले क्षतिग्रस्त छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तीनवटा मोटरसाइकलमा आएका ६ जनाको टोलीले चालक र सहचालकलाई निकालेर बसमा आगजनी गरी भागेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।