३० वैशाख काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा शनिवार २४ वर्षीय धिमालको छुरा प्रहार गरि हत्या गरिएको छ । छुरा प्रहार बाट मृत्यु ह।ने मोरङ घर भइ हाल काठमाडौँ गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको छुरा प्रहार बाट ज्यान गएको प्रहरीले बताए ।
शनिवार साँझ करिब ७ ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन÷चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएको थियो ।
छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ः४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले बताए । उक्त घटनामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन ।