Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु 

  लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु 

जोईन खबर

३०, बैशाख २०८१
  • 730
    SHARES
  •   लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु 

    ३० वैशाख काठमाडौँ । कैलालीको लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा  नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए ।डुबेका उनीहरुलाई उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुराइ उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताए ।दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - १७:०५:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको