३१ वैशाख काठमाडौँ । गोरखामा सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा २५ बर्षीय युवा पक्राउ परेका छन् । पक्राउ पर्ने युवाले सामाजिक सञ्जाल ९फेसबुक०मा फेक आइडी बनाई महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने युवा गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं २ घर भएका २५ वर्षीय मनध्वज घले रहेको गोरखा प्रहरीले कताए ।
उक्त युवाले २३ वर्षीय महिला ‘आ कुमारी’ ९नाम परिवर्तित०को फेसबुकमा फेक आइडी खोली अश्लिल भिडियो र तस्विरहरु पोस्ट गरी बेइज्जती गरेको आरोपमा घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका घलेमाथि आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।