३१ वैशाख काठमाडौँ । केही दिन अगाडी ललितपुर ग्वार्को वाफलमा एक टहरामा भिषण आगलागी घाइते भएका ५ जना मध्ये मृत्यु हुनेको संख्या ३ पुगेको छ ।गएको साता आइतबार ललितपुर भएको आगालागिको घटनामा घाइते भएका ५ जना मध्ये उपचारको क्रममा मृत्यु हुने ३ जना पुगेको प्रहरीले जनाएको छ ।
उक्त आगलागीमा परेर उपचार क्रममा घाइते ३२ वर्षीया रुपा गिरीको आज विहान मृत्यु भएको हो।आगलागीमा परेर घाइते मृतकका पति सञ्जय गिरी र उनका भतिज १५ वर्षीय नित गिरीको सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।आगलागीको भोलिपल्ट छोरीहरु ८ वर्षीया र ३ वर्षीया एलिसा गिरीको निधन भएको थियो ।
ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्कोस्थित एक टहरोमा आगलागीमा भएको थियो ।मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो । आगलागीमा परेर परिवारका पाँचै जना सदस्य घाइते अवस्थामा उद्दार गरिएको थियो ।