३१ वैशाख काठमाडौँ । नयाँ सत्त गठबन्धन पछि कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत पाएका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् ।कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।
आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।
हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ ।