Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकाको छेपेटारमा एपिएफ स्कुल स्थापना हुने 

गोरखा नगरपालिकाको छेपेटारमा एपिएफ स्कुल स्थापना हुने 

जोईन खबर

१, जेठ २०८१
  • 712
    SHARES
  • गोरखा नगरपालिकाको छेपेटारमा एपिएफ स्कुल स्थापना हुने 

    १ जेठ काठमाडौँ ।  गोरखाको गोरखा नगरपालिकामा सशस्त्र प्रहरीले स्कुल स्थापना गर्ने भएको छ । नेपाल सशस्त्र प्रहरीले एपिएफ स्कुल बनाउने निर्णय गरेको हो । उनीहरुले गोरखा नगरपालिका  वडा न १० को छेवेटारमा प्रदेश अनुसार विद्यालय सञ्चालन गर्ने क्रममा सशस्त्र प्रहरीले गण्डकी प्रदेश अन्तर्गतको विद्यालय छेवेटारमा निर्माण गर्ने निर्णय गरेको हो ।

    images

    उक्त स्कुलमा आवसयि सुविधा सहितको भवन निर्माण गर्न लागिएको छ । यस भवन छेपेटारको जगा कित्त नम्बर १५६९  रहेको ४७ रोपनी ५ आना क्षेत्रफल रहेको सार्वजानिक जग्गामा बनाउने तयारी गरिएको छ ।  नगर कायृपालिकाको गत भदौमा  बसेको बैठकले स्कुल बनाउने जग्गा  उपलब्त्र गराउने निर्णय गरि सकेको छ । उपलब्ध गराएको जग्गामा पालिका स्तरिय विपद व्यवस्थापन समितिले  उक्त जग्गामा सिफारिस गरि सकेको  सशस्त्र प्रहरी बल गोरखा गुलमका प्रमुख नायव उपरीक्ष सुमन वोगटीले जानकारी दिनु भयो । छेपेटारमा रहेको १०३ रोपनी १५ आना जगगा मध्ये सशस्त्र प्रहरी स्कुल बनाउन्न ४७ रोपनी ५ आना जग्गा सिफरिस गरिएको बताउनु भयो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल गोरखा गुलमका प्रमुख नायव उपरीक्ष  वोगटीका अनुसार प्रदेश र नगरपालिका बाट हुने सबै काम सकिएको हुदा स्कुल लाई लाग्ने खर्च बारे काम सुरु हुन लागेको बताउनु भयो । केही महिना अगाडी बनाउने कुरा भए पनि जग्गाको कारण काम  सुरु नभएको र अहिले जग्गाको प्रक्रिया पुरा भए पछि  अर काम पनि लगतै सुरु गरिएको हो । । सशस्त्र प्रहरी बल गोरखा गुलमका प्रमुख नायव वोगटीले भनु भयो हरेक प्रदेशमा बनाउने भनिएको स्कुल अन्तर्गत गण्डकी प्रदेशले गोरखामा बनाउने निर्णय गरेको बताउनु भयो । 

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - १२:०७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको