१ जेठ काठमाडौँ । नेपाली खेलाडी क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी भई रहेको छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।
सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिद्ध्याएका छन् ।
अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने छन् । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।
यदि आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ । एक तिर सन्दीप लामिछाने फेनहर भने आजै फैला आउने र खुशी मनाउने तयारीमा उच्च अदालत पाटनको गेट बहिरा बसि राखेका छन् । केहीले फेरी आज फैसला नआए आन्दोलन गर्ने समेत बताएका छन् ।