Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कर्दैँ गरेकी  १८ वर्षीया  परियारको मृत्यु 

लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कर्दैँ गरेकी  १८ वर्षीया  परियारको मृत्यु 

जोईन खबर

१, जेठ २०८१
  • 907
    SHARES
  • लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कर्दैँ गरेकी  १८ वर्षीया  परियारको मृत्यु 

    १ जेठ काठमाडौँ । भारतबाट उपचार गरेर घर फर्कँदै गर्दा  कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा  एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने  बर्दियाको राजापुर नगरपालिका वडा न ९, घर भएकी १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले बताए ।

    images

    उक्त बिरामी भारतको हलद्वानीमा उपचार पछि भारतीय   युके०४ पिए १९०५ नम्बरको  एम्बुलेन्समा आफन्तसँग घर फर्कने क्रममा परियार दुर्घटनामा परी गम्भीर घाइते  भएकी उनको स्थानीय लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन्। एम्बुलेन्समा सवार अन्यको अवस्था भने सामान्य रहेको उनले बताइन्। 

    images
    images
    images

    मिर्गौला र फोक्सोसम्बन्धी रोगबाट पीडित परियारलाई अस्पतालले थप उपचार सम्भव नभएको बताएपछि आफन्तले घर ल्याइरहेका बुझिएको प्रहरीले जनाएको छ।  घटना बारे थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - १५:४६:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको