१ जेठ काठमाडौँ ।जिल्ला गोरखाको सिरानचोक चित्रेमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । सिरनचोक गाउँपालिका वडा न ५ चित्रेको ३२ वर्षका कृष्ण बहादुर बिकले आफू सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी बिहान सात बजेसम्म नउठे पछी छिमेकीले काममा जानलाई बोलाउन जाँदा कोठाभित्र पसेर हेर्दा ढोकाको साइडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
घरमा बाउ र छोरा मात्रै रहेको र आमा माइता गएको बेला कृष्ण बहादुरले राति कति बेला आत्महत्या गरे पत्तै नभएको पिता हर्कबहादुरले बताए । उक्त घटना बिहान् ७स्३० बजेतिर थाहा भएपछि नजिकैको अस्थायी प्रहरी चौकी चित्रेपोखरीका सुरक्षाकर्मीहरु तुरुन्तै पुगेर घटनास्थललाई सिल्ड गरेका थिए ।कृष्ण बहादुर मदिरा सेवन पनि गर्ने र यो घट्ना हुनुभन्दा अघि पनि तीन पटकसम्म आत्महत्याको प्रयास गरेको र यो चौथो पटकमा यस्तो घट्ना भएको छिमेकी आश बहादुर बिकले बताए ।
घट्नाको पोस्टमार्टम र अनुसन्धानको लागि जिल्ला सदरमुकाम पुर्याउन ईलाका प्रहरी कार्यलय जौबारीबाट प्रहरी टोली आएको र स्थानीय जनप्रतिनिधि शुसिला गुरुङको उपस्थितिमा मुचुल्का उठाई १२ बजे गोरखा सदरमुकाम लगिएकोछ ।