२ जेठ काठमाडौँ । गोरखाको सिरानचोकमा बुहारी बलात्कार गरेको आरोप पक्राउ परेका एक पुरुष पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उक्त ब्यत्तीलाई अदालतको आदेश अनुसार हिजो कारागार चलान गरिएको हो ।
बुहारीलाई बलात्कारको आरोपमा पक्राउ परेको उनले आफनै हाडनाता भित्र पर्ने ४९ बर्षिय ‘द कुमार’ नाम परिवर्तनलाई मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
ती पुरुष ले गएको साल २०८० भाद्र १० गते सिरानचोक गाउँपालिका वडा न ८ जौबारी ३५ बर्षीय बुहारी ‘अ कुमारी’ नाम परिवर्तनलाई बलात्कार गरेको आरोप लागेको थियो । उक्त पिडित महिलाले ९ महिना पछी ०८१ साल बैशाख १० गते गोरखा प्रहरीमा जाहेरी दिए पछि तेह जाहेरी को आधारमा प्रहरीले आरोपितलाई बैशाख ११ गते उनकै घर बाट पक्राउ गरी जबजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरेको गोरखा प्रहरीले बताए ।
बलात्कारको आरोप लागेको पुरुषलाई पक्राउ पछि अनुसन्धान गरि सरकारी वकिलको राय सहित जेठ १ गते गोरखा जिल्ला अदालत पेश गरि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।