२ जेठ काठमाडौँ । काठमाडौं उपत्यकामा अहिले देखि नै विभिन्न ठाउँमा पानी परिरहेको छ। उपत्यकाको मौसम बदलीय संगै अहिले सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क क्षेत्र तिर पानी परि रहेको छ । यसै गरी अरु ठाउँमा भने बादल लागेर पानी पर्न लागेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढिरहेको छ भने भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि देखा परेकाले देशभर आशिंक बदली तथा वर्षा भइरहेको छ।