२ जेठ काठमाडौँ ।गौशाला २६ पक्षको बहस सकिएको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।
हिजोदेखि सुरु भएको सुनुवाइलाई आज निरन्तरता दिइदै गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखि आज ११ बाट बहस सुरु गरिएको हो। गौशाला २६ पक्षका वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।
अव यो पछि सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरे पछि टुङ्गिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ ।