२ जेठ काठमाढौँ । दोलखाको मेलुङ गाउँपालिका स्थित पवटीमा लास लिएर मलामी जाँदै गरेको गाडी दुर्घटना हुदाँ १६ जना घाइते भएका छन् । उक्त दुर्घटना दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका वडा न १ को भटमासेमा मलामी बोकेर जादै गरेको गाडी दुर्घटना भएको हो ।
बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र यादवले जानकारी दिए।
घाइतेको उद्धार गरेर थप उपचारका लागि चरिकोट अस्पताल पठाइएको मेलुङ गाउँपालिका वडा न १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए। वडाध्यक्ष कोइरालाका अनुसार घाइते भएका १६ जना मध्ये ९ जनाको अवस्था गम्भीर रहेको बताए । घटना बारे थप विवरण आउन बाकी रहेको छ । दुर्घटनामा परेककाहरुको परिचान खुलेको छैन् ।
